जनसंख्या

नेपालको सन् १९९१ को जनगणना अनुसार दमक नगरपालिकाको जनसंख्या ४२,००० थियो ।[१] यस मध्ये पुरुष ५०%, र महिला ५०% छन् । यस नगरपालिकामा ७१७८ वटा घरहरू छन् । ब्राम्हण, क्षेत्री, धिमाल, नेवार, राई, लिम्बु, मगर, सतार, राजवंशी, कुमाल, दमाई, सार्की, तामाङ्ग, गुरूङ्ग, थारू, मुस्लिम, भुजेल, विश्वकर्मा, सुनुवार, मुसहर, माझी आदि जातजातिको वसोवास भएको नगरपालिकामा हिन्दु, बौद्ध, मुस्लिम, इसाई, किरांत र अन्य धर्मावलम्बीले दशैं, तिहार, गाईजात्रा, होली, छठ, ल्होसार, ढंगढंगे, कालीपूजा, बुद्धजयन्ती, इद, बकरीद, क्रिसमस आदि चाडपर्व मनाउने गर्छन् । नगरपालिकाद्वारा २०६० सालमा प्रकाशित तथ्याङ्कअनुसार दमक क्षेत्रमा ७६ दशमलव ९३ प्रतिशत साक्षर रहेको, ७५ प्रतिशत कृषि, ७ प्रतिशत व्यापारव्यवसायमा, ५ प्रतिशत जागीरमा, ७ प्रतिशत ज्याला मजदुरीमा र ६ प्रतिशत अन्य व्यवसायमा आश्रीत छन् ।

Comments

Popular posts from this blog

COMMUNICATION AND ENTERTAINMENT OF DAMAK