ABOUT DAMAK




दमक पूर्वि नेपालको बिकसित सहर हरु मध्ये एक हो । १९ वटा वार्ड ले भरिएको यो नगरपालिकामा बिभिन्न जात जातिहरु छन जस्तै:- लिम्बु, राई, गुरुङ मगर, तामाङ, धिमाल, क्षेत्री, बाहुन, राजवंशि, थारु, दमाइ, कामि इत्यादि ।

दमकको पूर्वमा रतुवा खोला र पश्चिममा मावा खोला छ । दमकको रतुवा पुल पूर्वि नेपालको लामो पुलहरुमध्ये एक हो । यसको लम्बाई ५८३ मि. छ । २००१ को सर्वेक्षण अनुसार दमकमा ७१७८ घरधुरि थियो भने ४३,००० जनसंख्या थियो । दमक सन १९८२ मा नगर पालिकामा परिणत भएको थियो । यहा को कुल जमिन ७५१३ हेक्टर छ जसमा १४०६.७ हेक्टर मा घर हरु छन र ५५८६.३० हेक्टर मा खेतिपाति हुने गर्दछ। बजार र दोकान हरुले ४०० हेक्टर ओगटेको छ । ०५६/०५७ को सर्वेक्षण अनुसार दमक मा १ हेल्थ पोस्ट,१ अस्पताल (आम्दा) १ नर्शिङ होम (लाइफ लाइन) कुल ५० शैया को थियो। २०४७/०४८ को सर्वेक्षणमा जनसंख्याको बृदि दर बर्ष को ५.१४ प्रतिशतले हुने देखाएको थियो । ०५६/०५७ को सर्वेक्षण मा यहा ८८ कल कारखाना, १०११ पसल,२४४ होटल र ९ आर्थिक कारोबारको कार्यलयहरु अर्थात बैंक । ५३२ सडक बत्ति, १,११४ टेलिफोन लाइन। नेपालको ख्याति प्राप्त चिया हिमायलय चिया स्टेट पनि दमककै १९ नम्बर वार्ड वर-पर फैलिएको छ जुन राज खानदान को लगानी रहेको छ । उत्तर देखि दक्षिण तर्फ फैलिएको यो सहर बसपार्क चोक भन्दा मास्तिरको बजार इलाका ठूलो छ । दमकको सबैभन्दा ठूलो सब्जि बजार, खाने पनि ट्याङ्की तथा कार्यलय, टेलिफोन टावर तथा कार्यलय, दमक नगरपालिकाको कार्यलयहरु सबै बजार इलाकामा पर्दछ । ०५६/०५७ सर्वेक्षणमा झापा जिल्लाभरि सबैभन्दा बढि बोर्डिङ तथा स्कूलहरु दमक थियो र जिल्ला कै सबै भन्दा अब्बल स्कूल दमकको सुर्‍योदय इङ्लीस स्कूल परेको थियो । दमकमा १ हुलाक छन भने स्कूलहरु सरकारी तथा निजि :- प्राथमीक तह का ३८, निम्न माध्यमीक तहका ७, माध्यमीक तहका ९, प्रमाण पत्र तह का ३, प्राबिधिक इन्स्टिचुसन CTEVT मातहत मा १, र क्याम्पस २, मनोरन्जन को कुरा मा दमक मा ३ वटा सिनेमा हल हरु छन जस्तै :-(१) निकन्ठ चित्र मन्दिर,(२) दमक चित्र मन्दिर (३) पाथिभरा चित्र मन्दिर जस मध्ये पाथिभारा र निलकण्ठमा अत्याधिक मात्रामा नेपाली चलचित्र लाग्ने गर्छ भने दमक चलचित्र मन्दिरमा प्राय नयाहिन्दी भाषाका चलचित्र लाग्ने गर्छ । दमक को टेलिफोन टावर सम्भवत नेपालको अग्लो टावरहरु मध्ये एक हो जुन २० / २५ कि.मि. टाढा सम्मबाट देख्न सकिन्छ । धरान पछि सर्वाधिक किरात तथा बेलायती लाहुरेहरुको बसोबास भएको सहर मा पर्दछ दमक।

Comments

Popular posts from this blog

जनसंख्या

COMMUNICATION AND ENTERTAINMENT OF DAMAK